लिंगका आधारमा कार्यस्थलमा हुने भेदभाव अन्त्य गर्न अमेरिकी उच्च अदालतको निर्देशन
काठमाडौँ । अमेरिकाको उच्च अदालतले लिंगका आधारमा कार्यस्थलमा हुने भेदभाव अन्त्य गर्न सरकारलाई निर्देशन दिएको छ ।
सन् २०१५ मा समलिंगी विवाहलाई वैधानिकता दिएको अदालतले लिंगका आधारमा कार्यस्थलमा हुने सबै प्रकारका भेदभाव र विभेद अन्त्य गर्न सरकारलाई आदेश दिएको हो ।
तेस्रो लिंगी भएकै कारण रोजगारदाताले ती व्यक्तिलाई सेवाबाट हटाउनु नहुने अदालतले जनाएको छ ।
यौनमा आधारित भेदभाव गर्नु दण्डनीय हुने भन्दै अदालतले लिंगका आधारमा बनाएको पहिचानलाई कायम राख्नसमेत आदेश दिएको छ ।
तर कतिपय रोजगारदाताहरुले भने अदालदतको फैसला पूर्ण नभएको भन्दै फैसला पुनरोवलोकनका लागि पुनः अपिल गर्ने जनाएका छन् ।
अमेरिकी नागरिक अधिकार ऐनले पनि व्यक्तिलाई कुनै लैंगिक, जातीय, धार्मिक र राष्ट्रियताका आधारमा विभेद गर्न नपाइने व्यवस्था गरेको छ ।
तर रोजगारदाताहरुले ती व्यवस्था विरुद्ध गतिविधि गरे पनि ट्रम्प प्रशासनले कारवाही नगरेको समलिंगीहरुको आरोप छ ।
यसैबीच अमेरिका लगायत विभिन्न मुलुकमा पछिल्ला दिनहरुमा जारी जातीय विभेदख विरुद्धको आन्दोलनलाई पनि अदालतको यो निर्णयले केही हदसम्म सम्बोधन गरेको विश्लेषकहरुले बताएका छन् । -एजेन्सी
प्रतिक्रिया