चार जिल्लामा लकडाउन थप कडा बनाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले चार जिल्लामा लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । गृह मन्त्रालयले ४ जिल्लामा कोरोनाको जोखिम उच्च रहेको भन्दै त्यहाँ बन्दाबन्दीलाई थप कडा बनाउने भएको छ ।
ती जिल्लाहरुलाई कोरोनाको ‘हटस्पट’का रुपमा राख्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्ने भएको हो ।
कोरोना संक्रमणको उच्च जोखिममा रहेका सर्लाही, रौतहट, कपिलवस्तु र दैलेख रहेका छन् । ‘हटस्पट’को सूचीमा रहेका यी जिल्लाहरुमा तत्काल अत्यावश्यक बाहेक कुनै पनि कामकारबाही सुचारु नगर्ने गृह मन्त्रालयले निर्णय गरेको हो ।
यी जिल्लाहरुमा अत्यावश्यक सेवाबाहेक सार्वजनिक, निजी तथा गैरसरकारी संघसंस्थाबाट हुने काम कारबाही अर्को निर्णय नभएसम्मका लागि सुचारु नगर्न पनि गृह मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयले यी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई कोरोना संक्रमणको जोखिम र खतरा मूल्यांकन गरेर निर्णय लिन आग्रह गरेको छ ।
प्रतिक्रिया