शुक्रबार, वैशाख ७, २०८१

छ लाख श्रमिकको रोजगारी गुम्यो !

नेपालखोज २०७७ असार ३ गते १४:५६

काठमाडौँ । कोरोनाभाइरस महामारीको बीचमा तालाबन्दी प्रतिबन्धले श्रम बजारमा पारेको व्यापक प्रभावका कारण तलव आधारमा काम गर्ने छ लाख कामदारले रोजगारी गुमाएका राष्ट्रिय तथ्याङ्क कार्यालय ९ओएनएस० ले मङ्गलबार बताएको छ ।

मेको प्रारम्भिक सूचकले सङ्केत गरेअनुसार बेलायतमा काम गर्ने कर्मचारीको सङ्ख्या २।१ प्रतिशतले घटेको छ । मार्चको तुलनामा यो सङ्ख्या छ लाख १२ हजार ले कमी आएको ओएनएसले जनाएको छ ।

ओएनएसको तथ्याङ्कमा मार्चदेखि मेसम्म बेलायतभरि अनुमानित चार लाख ७६ हजार रिक्त पदहरू थिए जुन अघिल्लो त्रैमासिक ९डिसेम्बर २०१९ देखि फेब्रुअरी २०२०० को तुलनामा तीन लाख ४२ हजारले कमी हो ।

यसलाई तथ्याङ्क कार्यालयले सन् २००१ पछिको रोजगारीमा ‘सबैभन्दा ठूलो त्रैमासिक गिरावट’ भनी रेकर्ड गरिएको   छ ।

उल्लेखनीय कुरा के छ भने होटल, रेस्टुरेन्ट र खुद्रा स्टोर बन्द भएपछि सामाजिक दुरीका उपायबाट प्रभावित, ‘थोक, खुद्रा व्यापार र मोटर सवारी को मर्मत’ औद्योगिक क्षेत्रको रिक्त पदहरुमा यो त्रैमासिकमा ४९।९ प्रतिशतले गिरावट आएको छ र ‘आवास तथा खाद्य सेवा गतिविधि’ क्षेत्रमा ७०।७ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ । एजेन्सी

प्रतिक्रिया