शुक्रबार, वैशाख ७, २०८१

पुँजीगत लाभकरलाई अन्तिम करको मान्यता दिन प्रस्ताव

नेपालखोज २०७७ असार ३ गते १६:०८

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा पुँजीगत लाभकरलाई अन्तिम कर मानी गणना गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयसँग प्रस्ताव गरेको छ । लामो समयदेखि कर कार्यालय तथा लगानीकर्तामा देखिएको दुविधालाई स्पष्ट गरिदिन बोर्डले यस्तो आग्रह गरेको हो । हाल धितोपत्र बजारमा व्यक्तिगत लगानीकर्ताका लागि पुँजीगत लाभकर ५ प्रतिशत रहेको छ ।

अर्थ मन्त्रालयका अधिकारीहरुले मौखिक रुपमा यसलाई अन्तिम कर भनेका छन् । तर लिखितरुपमा अहिलेसम्म यसलाई अन्तिम करको मान्यता दिइएको छैन । कर कार्यालयले पनि यसबारेमा औपचारिक र आधिकारिक रुपमा प्रष्ट पार्न सकेको छैन । यसबाट लगानीकर्ता दुविधामा पर्दै आएका छन् ।

लगानीकर्ताले लामो समयदेखि पुँजीगत लाभकरलाई अन्तिम मानेर कर चुक्ता प्रमाणपत्र दिन माग गरिरहेका छन् । सोही अनुसार लगानीकर्ताको माग सम्बोधन गर्न अर्थ मन्त्रालयसँग आग्रह गरिएको धितोपत्र बोर्डका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया