शनिबार, वैशाख १३, २०८२

आज बिहिवार बिष्णु भगवानको आराधना गर्नुहोस रोकिएको काम सम्पन्न हुनेछ ।। आजको राशिफल ।।

नेपालखोज २०७७ असार ४ गते ६:०१

आज ०४ आषाढ २०७७ बिहिवार को राशिफल

मेष
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मनमा खुसी बढ्न सक्छ ।

मिथुन
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बित्तिय संस्थाबाट सहयोगपनि पाईनेछ ।

सिंह
अरूलाई प्रभावित पारेर काम बन्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

तुला
अचल सम्पत्ती हात पर्ने योगछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

धनु
नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

कुम्भ
पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

बृष
शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । अनावश्यक धन खर्चपनि हुनेछ ।

कर्कट
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आँटेको र ताकेको कार्य पुरा हुनेछ । सन्तानबाट सहयोग मिल्नेछ । समाजसेवामा मन लाग्नेछ ।

कन्या
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । कष्टकर यात्रा गर्नुपर्ला । खर्चिलो यात्रा रहला ।

बृश्चिक
आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । साहित्यिक क्षेत्रमा रूचीपनि बढ्नेछ ।

मकर
काम गर्ने हौसला मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ ।

मीन
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मित्र वा आफन्तको सहयोगबाट सहयोग पाईनेछ । नयाँ कार्यको थालनी हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया