खाद्यन्न आयातमा गम्भीर लापरवाही गरेको आरोप
काठमाडौँ । भारतबाट आयात भएको ७२ हजार किलो चिनीकोे गुणस्तर परीक्षण र लकडाउन अवधिमा दुग्धपदार्थ आयात गर्न दिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गम्भीर लापरवाही गरेको आरोप लागेको छ ।
विभागले भारतबाट आयात भएको चिनीको दोहोरो गुणस्तर प्रमाणीकरण गरेको तथा नेपालमा दुग्ध पदार्थ नबिकेको बेलामा पनि भारतबाट दुग्धजन्य पदार्थ आयात गर्न अनुमति दिएको पाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
दुवै विषयमा छानबिन गर्न मन्त्रालयका प्रशासन सहसचिव नारायण रेग्मीको संयोजकत्वमा गठित छानबिन टोलीले विभागबाट गम्भीर लापबाही गरेको प्रतिवेदन मन्त्रालयमा बुझाएको छ ।
तल्लो कार्यालयको गुणस्तर प्रतिवेदनसँग बाझिने गरी विभागबाट चिनीको गुणस्तर परीक्षण गर्दा सावधानी नअपनाइएको तथा लकडाउन अवधिमा दुग्धपदार्थ आयात अनुमतिपत्र जारी नगरेको भनी मन्त्रालयलाई गुमराहमा राखिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया