शनिबार, वैशाख १३, २०८२

आज शुक्रवार महालक्ष्मी भगवानको आराधना गर्नुहोस धन प्राप्ती हुनेछ ।। आजको राशिफल ।।

नेपालखोज २०७७ असार ५ गते ६:०९

आज ०५ आषाढ २०७७ शुक्रवार को राशिफल

मेष
विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मिथुन
योजना कार्यान्यन नगर्नाले आफैंपछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने, चोरी हुने वा नष्ट होला ।

सिंह
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । सुन्दर पहिरनले अरूको नजर आफूमाथि पार्नेछ ।

तुला
आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । छोटो यात्रा हुन सक्छ ।

धनु
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । नयाँ र शुभ कार्यको थालनी हुनेछ ।

कुम्भ
आज धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साँझमा पैसा खर्च हुने योगछ ।

बृष
आज चुनौतीको सामना गर्दै काम बनाउन सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।

कर्कट
शत्रुहरू किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश र जाँगर बढ्नेछ ।

कन्या
जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागीता भइएला । धन आर्जन गर्ने अवसर पाउनुहुनेछ ।

बृश्चिक
शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आम्दानीका स्रोत बढ्नेछन् ।

मकर
आँटेको र ताकेकोकार्य पुरा होला । सामाजिक कार्यमा कार्यमा मन जाला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।

मीन
मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दा–मामिलामा विजयी भइनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया