अंगीकृत नागरिकताका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै
नेपालखोज
२०७७ असार ६ गते ८:५५
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्दैछ ।
आज बस्ने बैठकमा यही असार १० र ११ गते बस्ने नेकपाको स्थायी कमिटी बैठकको तयारी, संसदीय समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकका विवादित विषय लगायतका विषयमा छलफल हुनेछ ।
यस्तै संसद्मा दर्ता भएको अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदनको प्रस्ताव आदि विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
नागरिकता ऐन, २०६३ संशोधन विधेयकका सन्दर्भमा वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी विषयमा दलहरूबीच विवाद छ ।
सम्बन्धित
प्रतिक्रिया