शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्री ओलीलाई कांग्रेसले पठायो विरोध पत्र

नेपालखोज २०७६ माघ ५ गते १६:२०

काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारलाई विरोद पत्र पठाएको छ । संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गर्दै उसले देशभरबाट विरोध पत्र पठाएको हो । कांग्रेस जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएको कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माका अनुसार काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई समेत पत्र बुझाइएको छ । आईतबार माइतीघर मण्डलामा भेला भएर कांग्रेस नेता कार्यकर्ता जुलससहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

सरकारले ल्याउन लागेको सूचना प्रविधि र विशेष सेवा विधेयक विरुद्ध कांग्रेसले विभिन्न चरणमा विरोधका कार्यक्रम गर्दै आएको छ ।

अहिले ल्याउन लागेको सूचना प्रविधि विधेयकले लोकतान्त्रिक प्रकृया र जनताको स्वतन्त्रतामा बन्देज लगाउने भन्दै कांग्रेसले यसको विरोध गर्दै आएको हो । सरकारले विधेयकमा रहेका अहिलेका केही प्रवाधान नसच्याए आन्दोलनका अन्य कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको    छ ।

सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याए ५ वर्षसम्म जेल वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुन सक्नेसम्म व्यवस्था छ । संसदीय समितिले पनि यही प्रावधानसहित विधेयक पास गरेर संसदमा पठाएको छ । यसमा कांग्रेसको असहमति छ ।

विशेष सेवा विधेयक भने संसदमा दर्ता मात्र भएको छ, जसमा अदालतको अनुमति नलिइ फोन ट्यापिङ गर्नसक्ने लगायतका विवादास्पद प्रावधान छन् । यसले व्यक्तिगत गोपनियता हनन् हुने कांग्रेसको बुझाई छ ।

प्रतिक्रिया