आज देशका धेरै ठाउँमा हल्का वर्षा
नेपालखोज
२०७७ असार ६ गते ९:०१
काठमाण्डौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशका धेरैजसो ठाउँमा हल्का पानी परिरहेको छ । गण्डकी, प्रदेश ५ र कर्णालीका थोरै ठाउँमा ठूलो पानी परिरहेको महाशाखाले जनाएको छ ।
मनसुनको प्रभावले केही दिनदेखि सुदूरपश्चिमका थोरै ठाउँबाहेक देशभर हल्का, मध्यम र भारी वर्षा भैरहेको छ । अब १र२ दिन तुलनात्मक रुपमा कम पानी पर्ने महाशाखाको अनुमान छ । महाशाखाकाअनुसार आज दिउँसो पनि सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ ।
आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली हुने महाशाखाका मौसमविद् मञ्जु बासीले बताए । भारी वर्षा भएका र हुने ठाउँका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई सेवा प्रभावित हुनसक्ने सम्भावना रहेकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया