शुक्रबार, असार १३, २०८२

पहिरो खस्दा पर्वत–बागलुङ खण्ड अवरुद्ध

नेपालखोज २०७७ असार ६ गते १२:५३

पर्वत । पर्वत जिल्लाको कुश्मामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध बनेको छ । पहिरोका कारण कुश्मादेखि बागलुङ र बेनी हुँदै मुस्ताङसम्म जाने लोकमार्ग अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीका अनुसार अहिले पहिरो हटाएर लोकमार्ग सञ्चालन गर्ने काम भईरहेको छ । पहिरा आज बिहान गएको हो । पहिरोका कारण बिहानैदेखि सडक अवरुद्ध बनेको छ ।

यसैगरी पहिरोका कारण कुश्मा बागलुङ ३३ केभि लाइन पनि अवरुद्ध बनेको छ । पहिरोले प्रसारण लाइनमा क्षति पु¥याउँदा बागलुङ र म्याग्दी जिल्लामा विद्युत सेवा अवरुद्ध बनेको हो ।

विद्युत् प्रसारणलाई सुचारु गर्नका लागि काम भइरहेको विद्युत् प्राधिकरण कार्यालयले जनाएको छ । पहिरोका कारण अन्य मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया