नेपालको पहिलो महिला क्याम्पस प्रमुख अंगुरबाबा जोशीको निधन
नेपालखोज
२०७७ असार ६ गते १७:१८
काठमाडौं । शिक्षाविद् तथा समाजसेवी अंगुरबाबा जोशीको निधन भएको छ। जोशीको ८९ वर्षको उमेरमा आज दिउँसो पौने ३ बजे बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो।
पत्रकार कनकमणि दीक्षितले सामाजिक सञ्जाल ट्विटरमार्फत जोशीको निधन भएको जानकारी दिएका छन्। विदेशमा पढ्न जाने पहिलो महिलाका रुपमा परिचित जोशी नेपालको पहिलो महिला क्याम्पस प्रमुखका रुपमा पनि चिनिन्छिन्।
उनी विगतमा क्यान्सरबाट पीडित भएकी थिइन। १७ वर्षअघि घाँटीमा क्यान्सर भएर उपचार गर्दा अनुसहार बाँगिएको थियो। पछि उनलाई स्तन क्यान्सर पनि भएको थियो। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।
सम्बन्धित

प्रतिक्रिया