बिहीबार, जेठ २, २०८२

रौतहटमा लालबकैया नदीले बाँध कटान शुरू गर्यो

नेपालखोज २०७७ असार ६ गते १७:५५

रौतहट । पछिलो केही दिनदेखि पटक पटक आएको बाढीले रौतहटको बौधिमाई नगरपालिका–३ मटी अर्वा गाँउ नजिक लालबकैया नदीले बाँध कटान शुरू गरेको छ ।

गत वर्षको भीषण बाढीका कारण भत्किएको बाँध मर्मत गरेको ४ महिना नबित्दै पुनः कटान सुुरु हुँदा स्थानीयहरु त्रसित बनेका हुन ।

नदी नियन्त्रण कार्यालयको निगरानीमा उपभोक्ता समिति मार्फत मर्मत गरिएको उक्त बाँधको झण्डै डेढसय मिटरसम्म क्षति पुुगेको छ । बाँध अहिले नै कटान भएपछि थप बाढी आए भत्किने जोखिम रहेको वडा अध्यक्ष श्रीभगवान पटेलले बताए ।

बाँध मर्मतमा बाँस पाईलिंगको सटा जाली सहीतको बोल्डर राख्न नसकेको कारण सामान्य पानीको बेगले पनि कटान सुुरु भएको अध्यक्ष पटेलको भनाइ छ ।

परोहा नगरपालिकाका नगर प्रमुख शेख वकीलले बाँध भत्किएमा सो क्षेत्रको दर्जन बढी गाँउ डुुबानमा पर्ने खतरा रहेकाले तत्काल ठोसरुपमा मर्मतको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया