संखुवासभामा पहिरोले अरुण नदी थुनियो

नेपालखोज २०७७ असार ७ गते १४:३४

संखुवासभा । मकालु गाउपालिका–२ ओयाङ्गमा गएको पहिरोले अरुण नदी आशिंक रुपमा थुनिएको छ । मकालु गाउंपालिकाको २ र ५ नम्बर वडाको सिमानामा आज बिहान करिव ६ सय मिटर माथीबाट खसेको पहिरोले अरुण नदी थुनिएको हो । नदी थुनिएर ताल बनेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी नायव उपरीक्षक नवराज मल्लले पहिरोले अरुण नदी थुनिएको र पानी जमेर करिब ३ सय मिटरको ड्याम बनेको बताए ।

उनले ड्याममाथिबाट पानी बग्न भने थालिसकेको जानकारी दिए । पहिरोले मकालु गाउपालिका–२ का दुई घर परिवार विस्थापित पनि भएका छन ।

उनीहरुलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । संखुवासभामा एक सातादेखि लगातार पानी परिरहेको   छ ।

प्रतिक्रिया