भारत र चीनबारे यस्तो भने ट्रम्पले !
नेपालखोज
२०७७ असार ७ गते १५:१२
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीचको सीमा समस्या जटिल मोडमा पुगेको भन्दै आफूले ध्यान दिइरहेको बताएका छन् ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारहरुसँग उनले यस विषयमा भारत र चीन दुबैसँग अमेरिकाले कुराकानी गरिरहेको दाबी पनि गरे ।
उनले भने, ‘अहिलेको अवस्था अति कठीन छ । हामीले भारतसँग कुरा गरिरहेका छौँ । चीनसँग पनि कुरा भइरहेको छ । यी दुई देशबीच हाल ठूलो समस्या छ । दुबै देश आमनेसामने भएका छन् । अगडि के हुन्छ त्यसमा हाम्रो नजर छ । हामीले अहिलेको परिस्थितिमा सहयोग गर्ने प्रयास गरिरहेका छौँ ।’
गत सोमबार राति लद्दाखको गलवान उपत्यकामा दुई देशका सेनाबीच भएको भिडन्तमा भारतका एक अधिकृतसहित २० सैनिक मारिएका थिए ।
चीनले आफूतर्फको हताहतीको कुनै जानकारी नदिए पनि भारतले भने चीनका ४० सेनिक मारिएको दावी गर्दै आएको छ । एजेन्सी
सम्बन्धित

प्रतिक्रिया