नेपालमा कोरोनाका कारण थप एकको मृत्यु, मृतकको संख्या २३ पुग्यो !

नेपालखोज २०७७ असार ७ गते १६:४१

काठमाडौँ । नेपालमा कोरोका कारण थप एक जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनको शव नेपाली सेनाको सहयोगमा व्यवस्थापन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

नेपालमा हालसम्म १ लाख ७५ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा ८ हजार ६ जनाको पिसिआर परीक्षण गरिएको छ ।

यस्तै हालसम्म नेपालमा उपचारपछि निको हुनेको संख्या १ हजार ७७२ जना पुगेको छ । आज १९४ जना निको भएका छन् । शनिबार १७६ जना निको भएका थिए । शुक्रबार २१६ जना निको भएका थिए । यस्तै विहिबार १९ जना निको भएका थिए ।

प्रतिक्रिया