कन्ट्याक्ट ट्रेसिङ’ का लागि ३ हजार जनशक्ति
नेपालखोज
२०७७ असार ७ गते १९:४५
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कन्ट्याक्ट ट्रेसिङ’ का लागि ३ हजार २२५ जनाको जनशक्ति टोली तयार गर्ने भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेका अनुसार १ हजार ७५ जनाको नयाँ टिम गठन गरिँदैछ । यसअघि कन्याक्ट ट्रेसिङ लागि २ हजार १५० जनाको टिम थियो ।
नेपालमा अहिलेसम्म कन्ट्याक्ट ट्रेसिङ गरिएका ९८ प्रतिशत मानिसहरुमा कोरोनाको लक्षण देखिएको छैन । नेपालमा हाल देखिएका संक्रमितमध्ये ९५ प्रतिशत मानिसहरु भारतबाट आएका छन् । समुदायस्तरमा संक्रमण फैलन नदिन कन्ट्राक्ट ट्रेसिङको लागि जनशक्ति थप गरिएको उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया