आज थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि
नेपालखोज
२०७७ असार ८ गते १६:३२
काठमाडौँ । सोमबार एकै दिन देशभर ५३५ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित देशभर संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोनाबाट संक्रमण मुक्त आज ३२ जना महिला र ३३८ जना पुरुष डिस्चार्ज भएका छन्।
हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १६१ महिला र १ हजार ९६१ पुरुष गरी जम्मा २ हजार १४२ डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न जिल्लामा रहेका आइसोलेसनमा ७ हजार ७८९ जना संक्रमित रहेका छन्।
सम्बन्धित

प्रतिक्रिया