कोरोनाका कारण थप एक जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या २४ पुग्यो

नेपालखोज २०७७ असार ९ गते १७:२०

सुर्खेत । सुर्खेतमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लुु नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय पुुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती पुरुष गएको असार ३ गते उपचारको लागि दैलेखबाट सुर्खेत आएको ४ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको आइसोलेशनमा राखेर उपचार भइरहेको थियो ।

उनी समुुदायस्तरबाट आएकोले कोरोना सङ्क्रमण कसरी भयो भन्ने नखुुलेको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कारोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।

प्रतिक्रिया