नेकपाको स्थायी कमिटी भोलीदेखि सुरू हुँदै

नेपालखोज २०७७ असार ९ गते १८:४३

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी भोलीदेखि सुरू हुने भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बस्दै आएको स्थायी कमिटी यसपटक बालुवाटारमै बस्ने तय भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

बैठक भोली बिहान ११ बजे बालुवाटारमा बस्ने उनले बताए । स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न आज अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।

दुईजना अध्यक्षले बैठकको कार्यसूची तय गरेको बताइएको छ । उक्त कार्यसूची अनुसार स्थायी कमिटी सदस्यलाई खबर भएको उनले जानकारी दिए ।

प्रतिक्रिया