शनिबार, माघ १२, २०८१

सुनको मुल्य अहिलेसम्मकै महंगो, तोलाको ९१ हजार नाघ्यो

नेपालखोज २०७७ असार १० गते १३:२३

काठमाडौँ । सुनको भाउ अहिलेसम्मकै महंगो भएको छ । सुन आज तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार १ सय रुपैयाँ पुगेको हो । हिजो सुन तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

सोमबार सुन तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीले बताएका छन् । त्यस्तै चाँदीको भाउ तोलाको ९ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै छ । सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेका व्यवसायीले बताउँदै आएका छन् ।

प्रतिक्रिया