सुदूरपश्चिमका थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ असार १० गते १५:०८

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा भएको परीक्षणमा १० महिला र ४७ पुरुष गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।

कोरोना संक्रमण पुष्टि भएका सबै कैलाली जिल्लाका रहेका छन् । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले लम्की चुहा नगरपालिकामा २५ जना र गोदावरी नगरपालिकाका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

योसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या एक हजार ३१८ पुगेको छ । उता कञ्चनपुरमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये दुई जना बेदकोट नगरका स्वास्थ्यकर्मी रहेका छन् । बाँकी रहेका सात जना भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेका छन ।

प्रतिक्रिया