अहिले नै पार्टी विलीन हुने अवस्था आयो : अध्यक्ष प्रचण्ड

नेपालखोज २०७७ असार १० गते १८:३५

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रधानमन्त्री ओलीमा अहंकार बढेको टिप्पणी गरेका छन् ।

स्थायी कमिटि बैठकमा आफ्नो भनाई राख्नेक्रममा उनले प्रधानमन्त्री ओलीको आलोचना गर्दै आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरेँ भन्ने महसुस भएको बताए ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गर्न सक्ने काम पनि नगरेको प्रचण्डको विश्लेषण रहेको छ । सरकारले राम्रो काम गर्न नसक्नुको मुख्य कारण आन्तरिक नै रहेको उनको भनाई थियो ।

साम्यवादमा पुगेपछि पार्टी नचाहिने भन्ने आफूहरुको विश्लेषण भए पनि अहिले नै पार्टी विलीन हुने अवस्था आएको प्रचण्डले बताए ।

प्रतिक्रिया