छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समाजलाई स्विकार्य हुँदैनः देउवा

नेपालखोज २०७७ असार १० गते २०:१२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको नागरिकता विधेयकले महिला र पुरुषबीच विभेदको रेखा कोर्न खोजेको भन्दै त्यस्तो विभेद नगर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीसँग माग गरेका छन् ।

सुशासन समितिले आइतबार पारित गरेको विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्ष पछि नागरिकता दिने उल्लेख छ । तर, नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई नागरिकता दिने सन्दर्भमा विधेयक मौन छ ।

एक आज ट्वीट गर्दै देउवाले संविधानले महिला र पुरुषबीच समानताको सुनिश्चित गरेको उल्लेख गर्दै छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समाजलाई स्विकार्य नहुने उनले बताए ।

प्रतिक्रिया