कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या २६ पुग्यो
नेपालखोज
२०७७ असार ११ गते १७:०४
काठमाडौँ । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।
मृत्यु हुनेमा स्याङ्जा आँधीखोला—१ का एकजना पुरुष र चितवनका ५० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १० गते राति मृत्यु भएको छ ।
त्यसैगरी पाँच महिना अघि मृगौला प्रत्यारोपणका कारण फेरि नर्भिक अस्पताल भर्ना कोरोना देखिएपछि पाटन अस्पताल रिफर भएका थिए । उनको आज बिहान ५ बजे मृत्यु भएको छ । हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया