शुक्रबार, असार १३, २०८२

सशस्त्रको ट्रक तोडफोडपछि ८ राउन्ड हवाई फायर

नेपालखोज २०७७ असार ११ गते १८:५०

कास्की । कोरोना संक्रमणबाट पोखरामा मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा अवरोध भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमामा उपचार गराईरहेका स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे पुरुषको हिजो मृत्युभएको थियो ।

ती पुरुषको शव पोखरा ३२ स्थित मजुवास्थित सेतीघाटको किनार नजिकैको जमिनमा व्यवस्थापन गर्न लैजाँदा स्थानीयले अवरोध गरेपछि भिड तितरवितर पार्न ८ राउन्ड हावई फायर खोलेको सशस्त्र प्रहरीले जनाएको छ ।

स्थानीयले आफ्नो ठाउँमा शव गाड्न नदिने भन्दै सशस्त्र प्रहरीको ट्रक तोडफोडसमेत गरेका थिए । सशस्त्रको ट्रकमा सामान्य क्षती पुगेको छ भने सशस्त्रले केही स्थानीयलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया