संसदमा हिन्दी भाषा बोल्नुको जवाफ पेश गर्न सर्वाेच्चको निर्देशन
नेपालखोज
२०७७ असार ११ गते २०:०५
काठमाडौँ । सर्वोच्च अदालतले संघीय व्यवस्थापिकामा हिन्दी भाषा बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रतिनिधिसभा र राष्ट्रिय सभालाई निर्देशन दिएको छ ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले संसदमा नेपाली भाषा बोल्न विधायकहरूलाई किन नलगाएको कारण समेत मागेको छ ।
यसअघि अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्र ओलीले सरकारी कामकाजको भाषा नेपाली भएकाले संसदमा नेपाली मात्रै प्रयोग हुनुपर्ने भन्दै रिट निवेदक दायर गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया