नेपालको कुल जनसंख्या ३ करोड नाघ्यो
नेपालखोज
२०७७ असार १२ गते १७:४८
काठमाडौँ । तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड नाघेको छ । विभागको वेबसाइटमा राखिएको क्याल्कुलेटरले नेपालको जनसंख्या ३ करोड ६ सय ३४ देखाएको हो ।
सन् २०११ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । तथ्याङ्क विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंकाअनुसार वेबसाइटमा राखिएको क्याल्कुलेटरमा फर्मुला राखिएको छ ।
जसले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको हिसाब गर्छ । सन् २०११ को जनगणना र त्यसअघिको तथ्यांकहरूको आधारमा फर्मुला तय हुने चौलागाईंले बताए ।
उनले सन् २०२१ मा जनगणना गर्न तथ्यांक विभागले अहिले पाइलट प्रोजेक्ट गरिरहेको बताए । नेपालमा प्रत्येक दश वर्षमा जनगणना हुने गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया