रेडपाण्डाको प्रजनन् केन्द्र स्थापना निर्माण शुरु
इलाम । विश्वमा लोप हुँदै गएको वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्न इलामको सन्दकपुरमा प्रजनन् केन्द्र स्थापना निर्माण शुरु गरीएको छ । पर्यटकको आकर्षणको रुपमा रहेको रेडपाण्डाको संख्या वृद्धि गर्न प्रजनन् केन्द्र बनाउन थालिएको हो ।
इलाममा लोपउन्मुख अवस्थामा रहेको वन्यजन्तु रेडपाण्डाको प्रजनन् केन्द्र बनाउन थालिएको छ । रेडपाण्डा पाइने इलामको सन्दकपुर गाउँपालिका १ स्थित टप्पुमा प्रजनन् केन्द्र बनाउन थालिएकोे गाउँपालिका अध्यक्ष उदय राईले बताए ।
रेडपाण्डाको संख्या वृद्धि गर्न स्थापना हुने प्रजनन् केन्द्रका लागि टप्पु सामुदायिक वन क्षेत्रमा पूर्वाधार निर्माण गरिँदै आएको छ । रेडपाण्डाको आहारमा प्रयोग हुने मालिङ्गो, बान्टेको जंगल रहेको डेढ सय रोपनी वन क्षेत्र छनौट गरि गाउँपालिकाकै खर्चमा पूर्वाधार निर्माण शुरु गरिएको थियो ।
साढे सात करोड खर्चमा बनाइने प्रजनन् केन्द्र वरिपरि अहिले पानी पोखरी र शौचालय निर्माण हुँदै आएको छ ।
प्रतिक्रिया