क्वारेन्टाइन व्यवस्थित बनाउन निर्देशन
नेपालखोज
२०७७ असार १२ गते २०:२५
काठमाडौँ । महिला तथा सामाजिक समितिले क्वरेण्टीनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।
आज महिला तथा सामाजिक समितिको बैठकले क्वरेण्टीनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकोले व्यवस्थित र मर्यादित बसाइको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणको लागि निर्माण भएका क्वरेण्टीन पूर्णरुपमा महिलामैत्री नभएको कारण यौनजन्य हिंसाका घटना बढेकोले मर्यादित र सुरक्षित क्वरेण्टीनको व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताए ।
सांसदहरुले क्वरेण्टीन व्यवस्थित नभएको र गर्भवती महिलाहरुको पीसीआर परीक्षण समयमै नहुँदा समस्या भएको बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया