शुक्रबार, असार १३, २०८२

विभिन्न देशबाट ४ सय ६८ जना नेपाली काठमाण्डौ आइपुगे

नेपालखोज २०७७ असार १३ गते १२:३३

काठमाडौँ । बिभिन्न देशबाट उद्धार उडानमा ४ सय ६८ जना नेपाली काठमाण्डौ आइपुगेका छन् ।

कतारको दोहाबाट २सय ४१ जना, हङ्कङबाट १ बच्चासहित ८१ जना र यूएई १४६ जना विभिन्न चार्टर्ड उडानमार्फत बिहान काठमाण्डौ आइपुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

आजै साउदीको दमामबाट १५४ जना नेपाली फर्कंदै छन् भने साउदीको रियादबाट पनि नेपालीहरु फर्कने तालिका रहेको विमानस्थलले जनाएको छ । कुवेतबाट पनि त्यहाँ आममाफीमा सहभागी नेपालीहरु स्वदेश फर्कंदै छन् । कुवेत सरकार आफैंले त्यहाँ समस्यामा रहेका नेपालीलाई स्वदेश ल्याइदिइरहेको छ ।

यस्तै अष्ट्रेलियाबाट आज दोस्रो ‘उद्धार’ उडान हुँदैछ । भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योन्जनले मेलवर्नबाट २२० जना नेपाली यात्रुहरु आज काठमाडौं फर्किन लागेको जानकारी दिनुभएको छ ।

यस्तै आज साउदीबाट आउने जहाजले १६ जना नेपालीको शव ल्याउने वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठकाअनुसार बोर्ड र दूतावासको समन्वयमा शव ल्याउने काम भइरहेको छ । यसरी ल्याइएका शव बोर्डले नै निःशुल्क घरसम्म पु¥याइदिने गरेको छ ।

प्रतिक्रिया