प्रयोगशालाबाटै कोरोना स्वाब नमुना हरायो

नेपालखोज २०७७ असार १३ गते १७:३६

बाँके । कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि बर्दियाबाट भेरी अस्पताल नेपालगञ्ज पठाइएको स्वाब नमुना (स्याम्पल) प्रयोगशालाबाट हराएको छ ।

बर्दियाको मधुवन नगरपालिका स्थित क्वारेन्टाइनमा बसिरहेका पाँच जनाको स्वाब नमूना पीसीआर प्रणाली मार्फत परीक्षण गर्नुपर्ने थियो ।

नेपालगञ्ज स्थित भेरी अस्पतालको प्रयोगशालामा बर्दियाबाट परीक्षणका लागि पठाईएका ५ जनाको नमुना स्वाब ल्यावमै हराएको जनस्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीले बताए ।

ल्यावमा परीक्षणको चाप अत्यधिक भएपछि स्वाब हराएको हुनसक्ने चौधरीको भनाई रहेको छ । परीक्षण गरिसकेका नमुनासँगै भिडभाडमा मिसिएर परीक्षण नभएको नमुना फालिएको हुनसक्ने उनले बताए ।

प्रतिक्रिया