सलह किरा फैलिएको बारे प्राविधिक समिति छलफलमा जुट्यो
काठमाडौँ । भारत हुँदै तराई क्षेत्रबाट प्रवेश गरीे एकै दिन १२ भन्दा बढि जिल्लामा सलह किरा फैलिएपछि सरकारले गठन गरेको प्राविधिक समिती छलफलमा जुटेको छ ।
बैठकमा सलह नियन्त्रणका उपायहरु,क्षतीको बिषयमा छलफल भैरहेको नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तरगत किट विज्ञान महाशाखाका प्रमुख डा. प्रेमनिधी शर्माले जानकारी दिनुभएको छ । बैठक कृषि मन्त्रालय अहिले जारी छ ।
करिब एक महिना अघि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईं नेतृत्वमा एउटा प्राविधिक टोली गठन गरिएको थियो ।
समितीले यो वर्ष नेपालमा सलह प्रवेश गर्ने सम्भावना टरेको सरकारलाई प्रतिवेदन बुझाएकोमा हिजो एक्कासी नेपालमा सलह प्रवेश गरी फैलिएपछि समिति फेरी सक्रिय भएको हो ।
अन्नबाली तथा बोट विरुवा विनाशक सलह किरा बारा, पर्सा, सर्लाही हुँदै सिन्धुली, काभ्रे, यस्तै पश्चिमको रुपन्देही हुँदै पाल्पा सम्म पुगिसकेको छ ।
प्रतिक्रिया