किसानलाई ट्रयाक्टर र औजार हस्तान्तरण
नेपालखोज
२०७७ असार १६ गते ९:१८
दैलेख । नारायण नगरपालिका र जिल्ला कृषि विकास कार्यालयले हाते ट्रयाक्टर तथा हिलो बनाउने र धान रोप्ने यन्त्र हस्तान्तरण गरेका छन् ।
स्थानीय गहतारी फलफूल तथा कृषि सहकारी संस्थालाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । नगर प्रमुख रत्नबहादुर खड्काले कोरोना संक्रमणको जोखिमसँगै अब स्थानीयस्तरमै रोजगारी प्रवद्र्धनका लागि कृषिलाई नै प्राथमिकता दिएर आगामी बजेट तय गरिने बताए ।
यस वर्ष समयमै पानी परेका कारण रोपाइँ गर्न धेरै सहज भएको र पानीका मुहान समयमै फुटेको कृषि विकास कार्यालयले जनाएको छ ।
दैलेख जिल्लाभर ६ हजार ५१७ हेक्टरमा धान खेती गरिँदै आए पनि सोमबारसम्म ३५ प्रतिशत रोपाइँ भएको कृषि विकास कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया