शुक्रबार, जेठ ३, २०८२

सर्लाहीका सबै स्थानीय तहमा नेकपाको विरोध प्रदर्शन

नेपालखोज २०७७ असार १६ गते ११:२१

काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा भएको हिंसात्मक घटनाविरुद्ध सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज जिल्लाका सबै स्थानीय तहमा प्रदर्शन गर्ने भएको छ।

आइतबार साँझ धनकौल गाउँपालिका वडा नम्बर २ र ३ का सीमानामा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन प्रहरीसहित २१ जना घाइते भएका छन्।

साथै, उक्त घटना कांग्रेसको अराजकता र गुण्डागर्दीको उपज भएको नेकपा सर्लाही जिल्ला कमिटीले आरोप लगाएको छ। सोही घटनाविरुद्ध आज जिल्लाका २० वटै स्थानीय तहमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरिने नेकपा सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिए।

प्रतिक्रिया