बिहीबार, जेठ २, २०८२

देश गम्भीर समस्यामा हुँदा प्रधानमन्त्री बेसुरा कुरा गर्दै हिँडे : नेता भट्टराई

नेपालखोज २०७७ असार १६ गते १८:४१

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री फेर्ने षड्यन्त्र गरेको भए त्यस्तो षड्यन्त्र गर्ने राजदूतलाई किन देश निकाला नगरेको भन्दै प्रश्न गरेका छन् ।

नागरिकता विधेयकको विरोधमा जसपाले गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराई देश गम्भीर समस्यामा रहेको बेला प्रधानमन्त्रीले बेसुरा कुरा गर्दै हिँडेको बताए ।

यदि राजदुतले त्यस्तो हर्कत गरेको भए स्पष्टिकरण सोध्न वा देश निकाला गर्न किन नसकेको भन्दै बाबुरामले प्रश्न गरेका छन् ।

प्रतिक्रिया