नेपालमा कोरोनाको अनुवंशको अध्ययन सुरु
नेपालखोज
२०७७ असार १६ गते २०:०६
काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को अनुवंश (जीन सिक्वेन्सिङ) को अध्ययन सुरु गरिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेको जीनको अध्ययन थालेको हो ।
परिषद्का कार्यकारी निर्देशक डाक्टर प्रदीप ज्ञवालीले नेपालमा सङक्रमितमा रहेको जीन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न सुरु भएको बताए ।
कोभिड–१९ को विभिन्न जीन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जीन हो भन्ने पत्ता लगाइने छ । परिषद्ले यसका लागि काठमाण्डौ विश्वविद्यालयसँग सम्झौता गरेर प्रक्रिया अगाडि बढाएको छ ।
ँ
सम्बन्धित
प्रतिक्रिया