बिहीबार, वैशाख १३, २०८१

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तयारी तीव्र

नेपालखोज २०७७ असार १९ गते १२:५२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी तीव्र बनाएको छ । साउन पहिलो साता मौद्रिक नीति ल्याउने गरी तयारी गरेको राष्ट्र बैंकले जनाएको हो ।

राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटिरहँदा विभिन्न संगठनका प्रतिनिधिहरू मौद्रिक नीतिमार्फत सहुलियत प्याकेजको माग गरिरहेका छन् ।

विभिन्न संगठनहरूले मौद्रिक नीतिमा आफूअनुकूलका माग राख्दा पनि राष्ट्र बैंक पर्ख र हेरको अवस्थामा छ । निजी क्षेत्रले मौद्रिक नीति साउनमा ल्याउने हो भने असरमा तिर्नुपर्ने ब्याज र किस्ताका लागि सम्बोधन गर्नुपर्ने बताउँदै आएका छन् ।

अहिले निजी क्षेत्रसँग तरलता नभएको भन्दै यदि असारमा मौद्रिक नीति नआए तिर्नुपर्ने ब्याज र किस्ता तिर्ने म्याद थप गर्नुपर्ने अन्यथा तिर्न सक्ने अवस्था नरहेको निजी क्षेत्रको भनाइ छ । राष्ट्र बैंकले भने कोभिड १९ लाई प्राथमिकतामा राखेर मौद्रिक नीति ल्याउने तयारी गरेको हो ।

प्रतिक्रिया