सोमबार, पुष २९, २०८१

बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सिफारिस

नेपालखोज २०७७ असार २३ गते १४:०७

काठमाडौं । बैंकका सहायक कम्पनीलाई सेयर बजारको ब्रोकर लाइसेन्स दिन संसदीय उपसमितिले सिफारिस गरेको छ।

Advertisement

संसदको अर्थ समितिले राम कुमारी झाँक्री नेतृत्वमा गठन गरेको उपसमितिले तयार गरेको प्रतिवेदनले बैंकको सहायक कम्पनी पनि सेयर बजारको ब्रोकर बन्नसक्ने बताएको हो। वाणिज्य बैंकको सहायक कम्पनीले आवश्यक मापदण्ड पूरा गरेको खण्डमा धितोपत्र बोर्डले त्यसको लाइसेन्स दिनुपर्ने सिफारिस प्रतिवेदनले गरेको झाँक्रीले बताएकी हुन्।

उनले अर्थसमितिका सभापति कृष्ण प्रसाद दाहाललाई प्रतिवेदन बुझाउँदै अहिले ब्रोकर लाइसेन्स पाएका कम्पनीहरु र बैंकहरुलाई लाइसेन्स दिएपछि एक आपसमा गाभ्नेरगाभिने नीति समेत अवलम्बन गर्नसक्ने विषय प्रतिवेदनमा उल्लेख गरेको बताइन्।

उपसमितिले प्रतिवेदनमार्फत वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसाय अनुमति दिनुपहिले विभिन्न प्रश्नहरुको सम्बोधन हुनुपर्ने पनि जनाएको छ।

प्रतिक्रिया