बुधबार, वैशाख १२, २०८१

कोरोना : थप ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो !

नेपालखोज २०७७ असार २७ गते १६:४३

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप तीन जनाको मृत्यु भएको भएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि गरेका हुन्।

काठमाडौंको सिंनामगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा काठमाडौं गोकर्णेश्वर-४ का ५४ वर्षीय पुरुष, बानेश्वर-१० का ६० वर्षीय पुरूष र सिन्धुपाल्चोकका ४५ वर्षीय पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ।

प्रतिक्रिया