म्याग्दीमा बेपत्ता भएकामध्ये १९ जनाको शव फेला
नेपालखोज
२०७७ असार २७ गते १७:५५
म्याग्दी । बिहीबार रातिको पहिरोमा परी म्याग्दीमा बेपत्ता भएकामध्ये १९ जनाको शव फेला परेको छ ।
नेपाली सेना र प्रभु एयरको हेलिकोप्टरमार्फत घटनास्थलमा पुगेको नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले आज बिहानबाट उद्धार कार्य सुरु गरेपछि १७ जनाको शव भेटिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीका अनुसार १३ जना अझै पनि बेपत्ता रहेका छन् ।
यसैबीच पहिरोपछि सम्पर्कविहीन म्याग्दीकी एक गर्भवतीलाई होलीकोप्टर मार्फत उद्धार गरेर उपचारका लागि पोखरा पठाइएको छ । उद्धार गर्ने क्रममा धौलागिरि गाउँपालिका ६ मराङकी २२ वर्षीया मञ्जिला श्रीपाली घाइते अवस्थामा फेला परेकी थिइन् ।
सम्बन्धित
प्रतिक्रिया