जाजरकोटमा पहिरोमा पुरिएर बेपत्ता १० जनाको शव फेला
नेपालखोज
२०७७ असार २८ गते १३:२६
जाजरकोट । जाजरकोटको बारेकोटमा गएको पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये १० जनाको शव भेटिएको छ ।
पहिरोमा पुरिएर अझै ५ जना बेपत्ता भएको र त्यहाँका एक हजार मानिस विस्थापित भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार बारेकोट–४ जिरीका ३२ घर, गोठ गाउँका ८ घर, मैना गाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।
त्यस्तै वडा नं १ को धौलाकोटमा ३२ घरधुरी, वडा नं ५ को पाखा, तोलखाना र कालाखोलीका १५० भन्दा बढी घरधुरी विस्थापित भएका छन् ।
उनीहरुलाई गाउँकै विद्यालयमा राखिएको र बेपत्ताहरुको खोजीको लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसको टोलीले खटिएको उनले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया