शनिबार, वैशाख २९, २०८१

सुशान्तकी प्रेमीकाको मनछुने स्टाटस, ‘तिम्रो जिवनबाट सकरात्मक पाठ सिक्नेछु’

नेपालखोज २०७७ असार ३० गते १३:४८

काठमाडौं । बलिउड अभिनेता शुसान्तसिंह राजपुतको निधन भएको करिब एक महिना पुगेको छ । आफ्नो अभिनयको जादुले छोटो समयमा निकै चर्चा बटुल्न सफल सुशान्तले मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा झुण्डिएर आत्महत्या गरेका थिए ।

उनको निधन पछि पुरै शोकमा डुबेको बलिउड क्षेत्र अहिले पनि उनको शोकबाट बाहिर निस्किएको छैन् । उनको मृत्यु भएको एक महिना पछि मंगलबार सुशान्तकी प्रेमीका रिया चक्रवर्तीले सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी छिन् ।

सुशान्तको निधन भएको एक महिनासम्म केही प्रतिक्रिया नजनाउदा उनी ट्रोल बनेकी थिइन् । तर उनले मंगलबार सुशान्तलाई सम्झिदै सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टाटस लेखेकी छिन् । उनले सुशान्तसँगको तस्बिर शेयर गर्दै उनले भनेकी छिन् ।

‘अहिलेसम्म मैले तिमीलाई गुमाउनु पर्ने पीडा लिइरहेको छु, आफैसँग झगडा गरिरहन्छु। तिमी यस्ता व्यक्ति थियौं जसले मलाई विश्वास गर्यौ र प्रेममा कति शक्ति हुन्छ भन्ने बुझायौ। तिमीले मलाई गणितको सानो सुत्रले पनि कसरी जीवनलाई बुझ्न मद्दत गर्दछ भन्ने सिकायौं । म तिमिलाई वचन दिन्छु कि म तिम्रो जिवनबाट सकरात्मक पाठहरु सिक्नेछु ।’

प्रतिक्रिया