बिहीबार, वैशाख १३, २०८१

सुपर मारियो फिल्मले बक्स अफिसको रेकर्ड तोड्दैछ

नेपालखोज २०८० वैशाख ९ गते ११:१०

काठमाडाैं । तपाईंले पक्कै पनि सुपर मारियो भिडियो गेम खेल्नुभएको हुनुपर्छ । अहिले त्यहीँ आधारमा बनेको एनिमेसन फिल्मले बक्स अफिसमा रेकर्ड तोडिरहेको छ ।

जुँगा, नीलो पोशाक र रातो टोपी: भिडियो गेमको पात्र सुपर मारियो अब चलचित्रमा छ र उसले राजकुमारी पीच र उनको साइडकिक टोडसँग टिम बनाएर फ्यानहरूलाई रिझाइरहेको छ। भेराइटी म्यागजिनका अनुसार यो फिल्मले १७ अप्रिल २०२३ सम्म ९० अर्ब भन्दा बढि कमाइ गरि सकेको छ ।

सुपर मारियो विश्वको सबैभन्दा सफल भिडियो गेम फ्रेन्चाइजी मानिन्छ। २००५ मा सुपर मारियोले सान फ्रान्सिस्कोको “वाक अफ गेम” मा एउटा तारा प्राप्त गर्यो । सुपर मारियोका निर्माता शिगेरु मियामोतोले यो भिडियो गेम बनाउन जापानी कम्पनी निन्टेन्डोमा लामो समय काम गरेका थिए । उनले अन्य धेरै खेल पनि बनाएका छन् । ७० वर्षीय मियामोतो कम्पनीका प्रबन्ध निर्देशकसमेत भैसकेका छन् । अहिले उनि त्यहाँ क्रिएटिभ फेलोका रुपमा कार्यरत छन ।

१९८१ को खेल “डन्की किंग” मा मारियो एक सिकर्मी थिए जसकी प्रेमिकालाई गोरिल्लाले बन्धक बनाएको थियो, मारियोले उसलाई बचाउनु पर्ने थियो । यो खेलले अमेरिकी बजारमा सफलताको झन्डा गाडयो भने पोकेमन पछि अमेरिकामा दोस्रो सबैभन्दा सफल भिडियो गेम बन्यो। मारियोको डिजाइन ग्राफिक क्षमताले सुसज्जित थियो। पहिले यसको नाम पनि मारियो थिएन । सुरुमा यसको नाम “मिस्टर भिडियो” र “जम्पम्यान” थियो। १९८३ मा आएको भिडियो गेम “मारियो ब्रदर्स” मा मारियोका भाई लुईगी लाइ लन्च गरियो । यद्यपि यी मारियो दाजुभाइको जोडी १९८५ मा आएको गेम “सुपर मारियो ब्रदर्स” पछि मात्र हिट भयो । त्यो खेलले इतिहास नै रच्यो ।

यो आज इतिहासमा सबैभन्दा सफल भिडियो गेमहरू मध्ये एकका रूपमा चिनिन्छ । पछिका वर्षहरूमा यो खेलमा आधारित टिभी सिरिज र फिल्म पनि आयए तर न त सिरिज चल्यो न फिल्म नै । १९९३ को फिल्म “सुपर मारियो ब्रदस” मा बब होस्किन्सले मारियो र डेनिस हपरले लुइगीको भूमिका निर्वाह गरेका थिए, तर फिल्म फ्लप भयो । यता”मारियो ब्रदर्स” खेल लोकप्रिय हुने क्रम जारी थियो र यसक विभिन्न संस्करणहरू हिट भैरहयो । पछि मारियो थ्रीडीमा आयो भने २०१६ मा यो गेम स्मार्टफोनमा पनि आयो। अमेरिकी कलाकार चार्ल्स मार्टिनेट सन् १९९५ देखि मारियोको आवाज बनेक छन् ।

खेलको जापानी संस्करणमा पनि मार्टिनेटको आवाज छ। उनलाईलाइ प्रायः विश्वभरका गेमिङ कार्यक्रमहरूमा देख्न सकिन्छ ।
अहिले मारियोमा पात्रहरूको संख्या समेत बढेको छ। यसमा योशी, बोसर वा किंग बू-हू, लुइगी, टोड तथा राजकुमारी डेजी समेत समावेश भएका छन् ।

प्रतिक्रिया