साउन १ गतेबाट विद्युतीय कारोबारमा शुल्क लाग्ने
काठमाडौं । साउन १ गतेदेखि विद्युतीय कारोबारमा शुल्क लाग्ने भएको छ । कोरोना महामारी न्यूनीकरण गर्न सरकारले घोषणा गरेको लकडाउनसँगै बैंक तथा वित्तिय संस्थाहरुले विद्युतीय कारोबारहरु निःशुल्क गरेको थियो ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले जारी गरेको संयुक्त विज्ञप्तीमा २०७७ साउन १ बाट विद्युतीय कारोबार तथा अन्तरबैंक एटीएम प्रयोग गर्दा सम्वन्धित बैंक तथा वित्तीय संस्थाले तोकेको शुल्क लाग्न सक्नेछ । हाल प्रायजसो सवै बैंक तथा वित्तीय संस्थाका शाखाहरु खुल्ला रहेको तथा लकडाउनसमेत खुकुलो भएकाले यस्तो निर्णय गरिएको जनाइएको छ ।
एटीएम प्रयोग गर्दा शुल्क लिने÷नलिने निर्णय सम्वन्धित बैंक तथा वित्तीय संस्था आफैंले निर्धारण गर्ने तथा कनेक्ट आइपीएस, एनसीएच्एल् आइपीएस, एनसीएच्एल् इसीसी सम्वन्धी शुल्क निर्धारण नेपाल क्लियरीङ हाउसले नै गर्ने विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया