नेपालमा कोरोना संक्रमण घट्दै निको हुने बढ्दै

नेपालखोज २०७७ असार ३१ गते १७:३४

काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना संक्रमण पुष्टि हुने भन्दा डिस्चार्ज हुनेको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण देखिएकोमा ६९७ जना डिस्चार्ज भएका छन् ।

आज ११६ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । आज ६९७ जना डिस्चार्ज भएसंगै नेपालमा डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । जुन कुल बिरामीको हालसम्म ६४ प्रतिशत हो ।

त्यस्तै, नेपालमा विगत २४ घण्टामा ५ हजार ९० वटा पीसीआर परीक्षण भएको छ भने हालसम्म नेपालमा कुल २ लाख ९८ हजार ८२९ जनाको पीसीआर परीक्षण भएको छ । त्यसै गरी हाल क्वारेन्टिनमा २४ हजार ५२७ र ६ हजार ११३ जना आइसोलेसनमा बसेर उपचार गरिरहेका छन् ।

प्रतिक्रिया