मंगलबार, असोज १२, २०७८

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, अब साउन ४ गते मात्र बस्ने

नेपालखोज २०७७ साउन २ गते १३:१७

काठमाडौँ । सत्तारुढ नेकपाको स्थायी कपिटी बैठक ४ गतेसम्मका लागि सरेको छ । अब अर्को बैठक साउन ४ गते बोलाइएको छ ।

असार १८ गतेदेखि लगातार स्थगित हुँदै आएका स्थायी कमिटी बैठक आज बिहान ११ बजे बोलाइएको थियो। तर, बिहान दुवै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलेपछि दिउसो ३ बजेका लागि सारिएको थियो।

तर, दुवै अध्यक्षबीच छलफल जारी रहेको र सहमतिका लागि फेरि समय माग गरिएपछि आजको बैठक पनि स्थगित गरिएको हो। अर्को बैठक साउन ४ गते बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। नेकपा स्थायी कमिटीको बैठक असार १० गते सुरु भएको थियो।

त्यसयता नियमित छलफल हुनसकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय प्रवेश गरेपछि लगातार स्थगित हुदै आएको छ। यसबीचमा दुवै अध्यक्षबीच पटकपटक छलफल भएको छ। बिहीबारको छलफलमा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी थिए।

शुक्रबार बिहानको छलफलमा पनि दुवै अध्यक्षले आआफ्नो अडान कायम राखे। जसले गर्दा कुनै सहमित बन्न नसकेको जनाएको छ।

प्रतिक्रिया