शुक्रबार, चैत १६, २०८०

मुग्लिङ नारायणगढ सडक खण्डमा पहिरो गयो, करीव ३ घण्टा सडक अवरुद्ध हुने

नेपालखोज २०७७ साउन ५ गते ८:०४

चितवन। वर्षा याममा सँधै पहिरोका कारण अवरुद्ध हुने गरेको पृथ्वी राजमार्ग पुन अवरुद्ध भएको छ । सोमबार विहान गएको पहिरो कारण अहिले नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलो सडकखण्ड अवरुद्ध भएको छ ।

बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन करीव ३ घण्टा लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

दुई दिनदेखि यस क्षेत्रमा लगातार वर्षा भइरहेको छ । इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटकपटक पहिरो खस्दा समस्या हुँदै आएको छ ।
सो क्षेत्रबाट आवागमन हुने सवारी साधनलाई सुरक्षित तवरले व्यवस्थित सवारी सञ्चालनका लागि ट्राफिक प्रहरील आग्रह गरेको छ ।

प्रतिक्रिया