बिहीबार, वैशाख १३, २०८१

तातो पानी चिसोभन्दा चाँडो जम्छ ! पानीको बारेमा केही रोचक कुराहरु

नेपालखोज २०७७ साउन ६ गते १३:१२

पानीको बारेमा केही रोचक कुराहरुः

१. मानिसको शरीरमा औषतमा ६६ प्रतिशत पानी हुन्छ । तर, मानिसको मष्तिष्कमा ७० प्रतिशत पानी हुन्छ ।
२. विश्वका ७८ करोड मानिसहरु स्वच्छ पानीको अभावबाट पीडित छन् । अस्वस्थ पानीले विश्वमा हरेक घन्टा २ सय बालबालिकाको ज्यान जाने गरेको छ ।
३. मानिस खाना नखाई एक महिनासम्म बस्न सक्छ । तर पानी नखाई एक हप्तापनि बस्न सक्दैन ।
४. मानिसलाई तिर्खा लागेको अवस्थामा उसको शरीरको कूल पानीको परिमाणमध्ये १ प्रतिशत कम भएको हुन्छ ।
५. औषतमा विश्वमा पाइने पानीको ९७ प्रतिशत पानी नुनिलो अर्थात् प्रयोग गर्न नमिल्ने खालको छ ।
६. औषतमा एउटा मानिसले एक वर्षमा १ हजार लिटर पानी पिउछ ।
७. तातो पानी चिसोभन्दा चाँडो जम्छ ।
८. एउटा वयस्क उँटले १० मिनेटमा ३५ ग्यालेन पानी पिउन सक्छ ।
९. विश्व इतिहासमा सन् २०१२ सम्ममा पानीका कारण २ सय ६५ वटा युद्ध भएको रेकर्ड छ ।
१०. पृथ्वीमा सन्तुलित तापक्रम कायम हुने मुख्य कारण पानी हो ।
११. एक पिन्ट (५६८ मिलि) बियर उत्पादन गर्न १ सय ५० लिटर पानी लाग्छ ।

प्रतिक्रिया