शुक्रबार, चैत १६, २०८०

साधारण सभाबाट रिलायबल लाइफले आइपीओको प्रस्ताव लैजाने

नेपालखोज २०७७ साउन ६ गते १३:३३

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको गत असार १४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा साउन ११ गते गर्ने निर्णय गरेको छ ।

साधारण सभाबाट आईपीओ (साधारण सेयर) सर्वसाधारणामा जारी गर्ने प्रस्ताव लैजाने निर्णय भएको नेपाल लाइफले जारी गरेको सूचनामा जनाएको छ ।

साधारण सभाले सञ्चालक समितिको दोस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरेर पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदनसहितको २०७५ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त हुने आव २०७४/७५ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितका अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ ।

कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आव २०७५/७६ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक नियूक्तिको अनुमोदन गर्ने र संचालकहरुको स्वदेश तथा बिदेश भ्रमण भत्तारखर्च तोक्ने कार्यक्रम रहेको छ ।

साधारण सभा साउन ११ गते मेरियट होटल नक्सालमा दिनको १ बजेबाट सुरु हुने बताइएको छ ।

प्रतिक्रिया